‘आगोनेर उभिएको मानिस’मा प्रतिरोधी चेतना {Resistance Consciousness in 'The Man Standing on Fire'}

तेजविलास Tejbilash अधिकारी Adhikari
DOI: https://doi.org/10.3126/cognition.v6i1.64470
IF: 4.011
2024-04-08
Cognition
Abstract:प्रस्तुत लेख विमल निभा (२००९)का आगोनेर उभिएको मानिस कविता सङ्ग्रह (२०७१ तेस्रो संस्करण)लाई सामग्रीको रूपमा लिएर यसभित्रका कविताहरूभित्र प्रतिरोधी चेततनाको खोजी गरिएको छ । यसका लागि माक्र्सवादी चिन्तनले स्थापना गरेका आलोचनात्मक चेतसम्बन्धी सैद्धान्तिक र व्यावहारिक पक्षको उपयोग गरी ‘आगोनेर उभिएको मानिस’ कविता सङ्ग्रहमा प्राप्त प्रतिरोधी चेतनाको व्याख्या गरिएको छ । नेपाली राजनीतिक क्षेत्रमा देखिएको शक्ति र सत्ताको दुरूपयोग, यसबाट श्रमिक जीवनमा परेको प्रत्यक्ष र परोक्ष असर तथा विचार निर्माणको प्रश्नलाई तार्किक ढङ्गले स्थापित गर्ने कार्य भएको छ । पञ्चायती व्यवस्थाको चरम दमनको स्थितिमा विचारका वाहकहरू कस्तो भूमिकामा कसरी प्रतिरोधी चेतना निर्माण गर्दै थिए भन्ने सन्दर्भहरूलाई जनताको परिवर्तनप्रतिको चाहना अभिव्यक्त गर्ने माध्यम कविता र कविताभित्र पनि वर्गीय चेतनाले निर्माण गरेको प्रतिरोधी चेतना हो भन्ने निष्कर्ष निकालिएको छ ।
psychology, experimental
What problem does this paper attempt to address?